काठमाडौं : पर्यटन विभागले वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति खुला गरेको छ। आरोहणका लागि उपयुक्त मानिने वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन शुरु गरिएको हो।मंगलबारसम्म पाँच हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिइसकेको विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले जानकारी दिए। आरोहीले सगरमाथासहित अन्नपूर्ण पहिलो, जुगल,हिमलुङ र अमादब्लम आरोहणको अनुमति लिएका हुन्।सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका