मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले पानीको स्रोत संरक्षण गर्न प्रदेश सरकारलाई सुझाएका छन् । चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश सरकारलाई सुझाव दिएका हुन् ।