इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा कोरम नपुगेपछि स्थगित भएको छ। सहिद स्मारक लिगका ४२ क्लबमध्ये अधिकांश विरोधका बाबजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा बहुमत नपुगेपछि सोमबारको लागि सारिएको छ।कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र भर्चुअल रूपमा उपस्थित भएका थिए। एन्फाको विधान २०७७ संस्करणको धारा (२८) को (१) बमोजिम गणपूरक संख्या अपुग भएकाले पुनः उक्त एन्फा विशेष साधारणसभा विधानको धारा २८ को २–३ अनुरूप अनलाइनमार्फत २०८० भाद्र २५ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ