लुम्बिनीका विपक्षी दलहरुद्वारा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष समावेदन

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष समावेदन दिएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न विपक्षी दलहरुले समावेदन गरेका हुन् ।

सम्बन्धित सामग्री

कोशी प्रदेश: राप्रपालाई रोक्दै जसपा फकाउने एमालेको रणनीति सफल होला ?

काठमाडौं,१८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि पदमुक्त भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठन गर्नका लागि दाबी पेस गर्न पाँच दिनको समय दिएका छन् । प्रदेश प्रमुख खापुङले बिहीबार साँझ ५ बजेसम्मको समय दिएर कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्न समय […]

प्रदेश १ मा एक सांसदको शक्ति : मधेसदेखि काठमाडौँसम्म तरङ्ग

काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै केन्द्रदेखि प्रदेशसम्मका सरकार गठन गर्न राजनीतिक दलहरुबीच हिसाबकिताब सुरु भएको छ ।केन्द्रमा हालकै सत्ता गठबन्धनले सरकार बनाउने गृहकार्य गरिरहेका बेला प्रदेशमा पनि राजनीतिक दलहरूले जितेको सांसद सिट सङ्ख्याका आधारमा कसले सरकार बनाउने भन्ने हिसाबकिताब सुरु भएको छ ।अहिलेकै सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले केन्द्रमा बहुमतको सरकार गठन गर्न उनीहरूसँग २ सांसद अपुग

केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ ।तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ । प्रदेश&ndash

यसकारण फुत्कियो केन्द्रदेखि प्रदेश सरकारको नेतृत्व

काठमाडौं, कार्तिक १६। पार्टी विभाजनसँगै नेकपा (एमाले) ले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै […]

२२ घन्टाको समय दिएर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना  जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । यससँगै विपक्षी

लुम्बिनी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र बहुमतको सरकार गठन गर्न आह्वान

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन्

वलीको दल फेरबदल सिलसिला जारी

बुटवल, साउन २१ । लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन भएकी थिईन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिएलगत्तै आफू […]

म एमालेमै छु - विमला वली

रुपन्देही – लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले आफू एमालेमै रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएको केही समयपछि वलीले विज्ञप्ति निकालेर आफू सूर्य चिह्नबाट चुनाव लडेकाले पार्टी विभाजन भए पनि एमालेमै बस्ने निर्णय गरेको बताउनुभएको हो ।विपक्षी दलहरूले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा वलीसमेत गरी ४१ जना सांसदको समर्थन रहेको उल्लेख थियो । तर वलीले आफू एमालेमा रहेकाे बताएसँगै विपक्षी दलसँग बहुमत नपुग्ने भएक...

गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

काठमाण्डाै – गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो । तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन...