आयाेगले चारवटै मतपत्र एकैपटक गन्ने भनेपछि मतगणनामा ढिलाइ

काठमाडाैँ – मतदान सकिएकाे १२ घण्टाभन्दा बढी समय भइसक्दा पनि देशभरका अधिकांश स्थानमा मतगणना अझैसम्म सुरु भएकाे छैन । निर्वाचन आयाेगले चार वटै मतपत्र एकैपटक गणना गर्न निर्देशन दिएसँगै मतगणना कार्यमा ढिलाइ भएकाे हाे । यसअ‍घिका निर्वाचनमा प्रतिनिधिसभाकाे प्रत्यक्ष तर्फकाे निर्वाचन सकेर मात्र समानुपातिक र प्रदेश सभाकाे पनि प्रत्यक्ष तर्फकाे मतगणना सकेर मात्र समानुपातिक मतगणना […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि इलाम-१ को मतगणनामा ढिलाइ

इलाम । इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि मतगणनामा ढिलाइ भएको छ । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल उम्मेदवार छन् । करिब प्रतिनिधिसभाको १०० वटा मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि दलका प्रतिनिधिबीच विवाद भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले इलाम क्षेत्र नम्बर १ को गोर्खे मंगलबारे […]

झलनाथ खनालको क्षेत्रमा प्रतिनिधिसभाको मत प्रदेशसभाको ब्यालेट बक्समा भेटिएपछि...

इलाम : पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेको छ। करिब सय मतपत्र त्यस्तो पाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले बताए।'करिब १ सय प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि सर्वदलीय निर्णयबाट प्रतिनिधिसभाकै मान्यता दिने सहमति भएको छ,’ दाहालले भने।  निर्वाचन आयोगबाट निर्णय नआउँदा त्यहाँ मतगणनामा ढिलाइ भएको छ। ११ बजेबाट मतगणना सुरू हुने बताइएको

काठमाडौंमा एक मतपत्र गन्न २० मिनेट समय

काठमाडौं महानरपालिकाको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ । काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको

काठमाडौँमा एउटा मतपत्र गन्न २० मिनेट !

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ । महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना […]

‘मतपत्र ठूलो हुँदा मतगणनामा ढिलाइ’ - News of Nepal

काठमाडौँ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र ठूलो भएको कारण मतगणना कार्यमा ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले थोरै ठाँउमा मतगणना र ठूलो मतपत्र भएकाले मतगणना कार्य ढिलो भएको बताउनुभयो । “५१×७३ सेन्टीमिटरको मतपत्र हुँदा मतगणना कार्यमा ढिलाइ भएको हो,” उहाँले भन्नुभयो …