काठमाण्डाै – कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ ।
महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ/टेलिमेडिसिन’ कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि यस रकम परिचालन गरिएको ब्रसेल्समा रहेकाे ईयूकाे प्रधान कार्यालयले जनाएको छ ।
सहय...