काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्।मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका लागि दिइएको अनुदान भएकाले यसमा धेरै राजनीति गर्न नहुने बताए। उनले भने, ‘हामीले त देश विकासमा अनुदान ल्याउने हो। ऋण घटाउने हो। त्यसैले एमसिसी गर्नुपर्छ।’ बैठकमा सांसदहरूले एमसीसीका विषयमा उठेका सवाल र त्यसले पार्टीलाई पुर्याउने नोक्सानीका विषयमा