काठमाडौँ – खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अकुपाइ टुँडिखेल’ले विरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमबार महानगरको निर्णयको विरुद्धमा प्रदर्शन गरेका हुन्। उनीहरुले महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबारअगाडि विरोध प्रदर्शन गरेका छन्। अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन […]