काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोकेको छ । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएपछि महानगरले सो पार्किङ भत्काउन लागेको हो ।महानगरले केही दिन अघि मात्रै अन्डरग्राउण्ड पार्किङमा व्यवसायी नगर्न आग्रह गरेको थियो । तर व्यापारीहरुले महानगरको आग्रह अटेर गरेपछि अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल भत्काइएको हो । तस्बिर : न्युज कारखाना