अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगरपालिका (फाेटाे फिचर)

काठमाडौँ। अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू ।  

सम्बन्धित सामग्री

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।

पोखरामा पनि अन्डरग्राउण्ड संरचनामा डोजर

१५ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–४ चिप्लेढुंगा (मानवअधिकार चोक) अघिल्तिरको आरके भवनको भूमिगत तलामा केही दिन अघिसम्म थुप्रै व्यापारिक पसल थिए । महानगरले त्यहाँ रहेका व्यवसायिक संरचना हटाउन पटकपटक ताकेता गरेपछि केही व्यवसायी त्यहाँबाट हटे । तर, केही हटेनन् । भवनको अन्डरग्राउण्ड पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने प्रकृतिको थिएन । भुइँतलामा जान सिँढी बनाइएको थियो […]

अन्डरग्राउण्ड पार्किङमा भएका पसल भत्काउँदै महानगरपालिका (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँ महानगरले अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान सुरु गरेको छ। महानगरले आजैबाट पसल हटाउने अभियान सुरु गरेकाे हाे। अन्डरग्राउण्ड पार्किङस्थल व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौँ महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो। महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल आज भत्काइएकाे […]

काठमाडौं महानगरपालिका अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै [फोटोफिचरसहित]

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्न कदम थालेको छ । पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।