तालिबानले काबुल कब्जा गरेपछि अमेरिकाले भन्यो– अफगान मिसन सफल भयो

बीबीसी।तालिबान लडाकुले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अमेरिकाले आफ्नो अफगानी मिसन सफल भएको जनाएको छ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अफगान मिसन सफल भएको दाबी गर्दै यसलाई भियतनाम युद्धसँग तुलना गरेकोमा आपत्ति समेत जनाए। अफगानिस्तानमा अलकायदा र तालिबानमाथि २० वर्षदेखि सैनिक कारबाही गर्दै आएको थियो। यसका वाबजुद तालिबानले काबुल कब्जा गरेका छन्। ४६ वर्षअघि अमेरिका यसैगरी भियतनामबाट फर्किएको थियो।

सम्बन्धित सामग्री

अफगानिस्तानमा महँगीले जनजीवन अस्तव्यस्त

गत अगस्टमा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अमेरिकाले अफगान सरकारको सम्पत्ति रोक्का गर्‍यो। यसले अत्यावश्यक वस्तुको भाउ निकै बढ्यो र अगानीको क्रय शक्तिमा गिरावट ल्यायो।काबुल निवासी नूरजादाले अमेरिकामा अफगानिस्तानको सम्पत्ति रोक्का गरेपछि बजार भाउ ह्वात्तै बढेको बताइन्। यसअघि ५० किलोको पीठोको बोराको मूल्य १‚२०० अफगानी थियो। अहिले बढेर २‚३०० अफगानी भएको छ।नूरजादाले अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट बढाएको आरोप लगाइन्। उनले तालिबान सरकारप्रति अमेरिकाको व्यवहारले सामान्य अ

बायोमेट्रिक तथ्यांकको जोखिममा अफगानी

अमेरिका र पूर्वअफगान सरकारको डाटाबेसमा तालिबानको सम्भावित पहुँचले तथ्यांकको गोपनीयता एवं साइबर सुरक्षाबारे थप चिन्ता बढाइदिएको छ काबुल कब्जा गरिरहँदा अमेरिकाले अफगान जनतालाई निगरानीका निम्ति संकलन गरिएका बायोमेट्रिक तथ्यांक तालिबानले हात पार्न...

काबुल उद्धार उडान रोकिहाल्न नहुने नेदरल्याण्डको भनाइ

अफगान तालिबान समूहको नियन्त्रणमा आइसकेको अवस्थामा अफगानिस्तानमा आफ्ना र अफगानिस्तानी केही नागरिक छोडेमा यसको असर ‘भयानक’ हुने नेदरल्याण्डले बताएको छ । तालिबानद्वारा अफगान राजधानीमा कब्जा भएपछि विकसित घटनाक्रमले तत्काल उद्धार उडान रोक्न नहुने नेदरल्याण्डका अधिकारीको तर्क छ । विकसित पछिल्लो परिस्थितिका कारण काबुलको विमानस्थलमा असुरक्षा बढेको भन्दै अमेरिकाले उद्धारमा रहेका डच अधिकारीलाई काबुल छोड्न आग्रह गरेको प्रधानमन्त्री मार्क रूटले पुष्टि गर्नुभएको छ ।

दुई दिनमा दुईवटा प्रान्तीय राजधानीमा तालिबानको कब्जा

तालिबान लडाकूहरूले निमरुज प्रान्तको राजधानी जारान्जलाई कब्जा गरेको दुई दिनभित्र जावजान प्रान्तको राजधानी शेबेरगान समेत शनिवार अपराह्न कब्जा गरेका छन् ।  शेबेरगान शहर अफगान युद्धसरदार राशिद दोस्तमको किल्ला मानिन्थ्यो । दोस्तम टर्कीमा उपचार गराएर अघिल्लो साता काबुल फर्केको बताइन्छ । दुईवटा प्रान्तीय राजधानी हात पारिसकेका तालिबान लडाकूहरू देशको उत्तरी भागमा रहेको कुन्दुज प्रान्तको राजधानी कुन्दुजमा शनिवार साँझ प्रवेश गरेका छन् । अहिले अफगान सेनासँग उनीहरूको भीषण भिडन्त भइरहेको छ ।  अमेरिकाले तालिबान विद्रोह...