कैलाली - कैलालीमा माइक्राे बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
हिजो बेलुका पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको माइक्राे बस र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा घाइते भएका सात जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय ...