आज भेटिए जम्मा ८ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा ६८० जनामा गरिएको परीक्षणमा जम्मा ८ जना संक्रमित भेटिएका हुन्। यस्तै आज जम्मा २४ जना कोभिड संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५३० जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोभिड संक्रमित घट्दै जाँदा संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।  

सम्बन्धित सामग्री

एकैदिन थपिए १२ हजार ८ कोभिड संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २५ हजार ९०९ नमुनामा परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन थपिएको संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।   आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको...

१२ हजार कोभिड संक्रमित थपिए, थप आठजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १२ हजार ८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २५ हजार ९०९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । जसमध्ये १८ हजार १०३ नमुना पीसीआर परीक्षण गर्दा ९४३२ संक्रमित र ७८०६ एन्टीजेना परीक्षण गर्दा २५७६ संक्रमित पुष्टि भएका हुन् । आज थप ८ जनाको मृत्यु […]