चतरा-सगरमाथा द्रुतमार्ग बनाउने सरकारको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले सगरमाथा क्षेत्रसम्म जाने मार्गको सुधार गर्ने बताएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने, ‘निजी क्षेत्रमार्फत चतरा-सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सागरमाथा क्षेत्रमा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिनेछ ।’

सम्बन्धित सामग्री

चतरा-सगरमाथा द्रुतमार्ग: द्रुत होइन, साधारण सडक

सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्नुका साथै निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरी दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिनेछ । काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल, चितवन– रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया […]

बजेट : यी हुन् प्रदेश १ मा समेटिएका योजना

संघीय सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा प्रदेश नम्बर १ मा उल्लेख्य ठूला कार्यक्रम परेनन् । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गर्ने नयाँ र चासोको कार्यक्रम हो । यस्तै उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।उद्योगी व्यवसायीले लामो समयदेखि माग गरिरहेको आर्थिक क्षेत्र निर्म

२ घण्टामा सगरमाथा क्षेत्र पुगी अवलोकन गर्ने व्यवस्था गरिने

अर्थमन्त्री जनार्दन शर्माले २ घण्टामा सगरमाथा क्षेत्रमा पुगी अवलोकन गर्न सक्ने व्यवस्था गर्ने बताएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै उनले सगरमाथा क्षेत्रमा जाने हालको मार्ग सुधार गर्न चतरा सगरमाथा द्रुतमार्ग विकास गरी सगरमाथामा दुई घण्टामा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्नेगरी पूर्वाधार निर्माण गरिने बताए ।सगरमाथा क्षेत्रमा पर्वतारोहण, अनुसन्धान केन्द्र, शेर्पाहरुको साहसिक पहिचान झल्कने संग्रहालय स्थापना गरिने, ५ सय वर्षभन्दा पुराना गुम्बाहरूको संरक्ष