बजेट : यी हुन् प्रदेश १ मा समेटिएका योजना

संघीय सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा प्रदेश नम्बर १ मा उल्लेख्य ठूला कार्यक्रम परेनन् । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गर्ने नयाँ र चासोको कार्यक्रम हो । यस्तै उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।उद्योगी व्यवसायीले लामो समयदेखि माग गरिरहेको आर्थिक क्षेत्र निर्म

सम्बन्धित सामग्री

बजेट खर्चमा प्रदेश १ पहिलो, कर्णाली पुछारमा

६ साउन, पोखरा । बजेट खर्चमा सात प्रदेश सरकारमध्ये प्रदेश १ अगाडि देखिएको छ । आर्थिक वर्ष २०७८/८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडि र कर्णाली अन्तिममा छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८/०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको […]

प्रदेश–१ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।प्रदेशसभाको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ […]

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...

प्रदेश १ को बजेट पारित

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।  प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव

प्रदेश १ : यो बजेट, त्यो बजेट

विराटनगर । राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७ अर्ब २७ करोडले बढी हो । शेरधन राई नेतृत्वको प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको थियो ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब छ । उक्त बजेटको अनुमानित स्रोत व्यहोर्न प्रदेश सरकारको आन्तरिक रा

प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।

प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने

पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च सहभागी गठबन्धन सरकारले चालू आवको...

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट पुनरावलोकन गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गर्ने तयारीमा सरकार जुटेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेटमा अनुत्पादक क्षेत्रमा छुट्याइएको रकम कट

प्रदेश-१ को बजेट अधिवेशन आह्वान

काठमाण्डाै - प्रदेश-१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमवारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश-१ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला ...