गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ । विदेशीसहितको प्राविधिक टोलीले डेढ साता लगाएर यान्त्रिक परीक्षण उडान गरेको हो । प्रारम्भिक प्रतिवेदनअनुसार विमानस्थलको यान्त्रिक परीक्षण सफल भएको जनाइएको छ ।