काठमाडौं। अमेरिकाले अफगानिस्तानबाट सुरक्षाबल पूर्ण रुपमा फिर्ता लैजाने बताइसकेपछि तालिबानले हिंसा जारी राख्नुको कुनै कारण बाँकी नरहेको अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्ला मोहिबले शुक्रबार बताएका छन्। मोहिबले भारतीय विदेशमन्त्री एस जयशंकर र इरानी समकक्षी जावेद जरिफसँग छलफलका क्रममा यस्तो बताएका हुन्।उनले भने, ‘‘अफगानिस्तानमा शान्ति कायम गर्न र राजनीतिक मूलधारमा आउन तालिबानका लागि यो महत्वपूर्ण समय हो।’’(एजेन्सी)