जुम्ला : जुम्लामा पछिल्लो समयमा घरेलु हिंसा बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा ४३ वटा घरेलु तथा सामाजिक हिंसाका उजुरी महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन्।४३ वटा उजुरीमध्ये २१ वटा सामाजिक हिंसा र २२ वटा घरेलु हिंसा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार दिनेश आर्चायले जानकारी दिए। ‘घरेलु हिंसातर्फ २२ उजुरीमध्ये १७ वटाको मिलापत्र भएको र पाँचवटा बाँकी छन्,’ हवल्दार आचार्यले भने, ‘त्यस्तै सामाजिक हिंसातर्फका २१ उजुरीमध्ये १६ मिलापत्र भइसकेको र पाँचवटा