कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँको समयमा मलको अभाव हुन नदिने गरी अहिलेदेखि तयारी थालेको छ । प्रत्येक साल धान रोपाइँको समयमा मलको अभाव हुने गरेकामा यसपालिदेखि त्यस्तो हुन नदिने गरी तयारी भइरहेको कृषि सचिव डा. योगेन्द्र कार्कीले बताउनुुभयो ।