चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिसहरू बेपत्ता भएका छन् । आइतबार बिहान १० ः २० बजेसम्म चार जनालाई उद्धार गरिएको  छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसैगरी अर्का एकजना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् ।तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय न

सम्बन्धित सामग्री

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन्। पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ। पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको […]

भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु

हनोइ- उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अरु चार जना बेपत्ता भएका छन् । भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएको, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको […]

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् । वेपत्ता हुनेहरुमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण […]

म्यानमारको खानीमा पहिरो जाँदा एकजनाको मृत्‍यु, दर्जनौं बेपत्ता

७ पुस, काठमाडौं। उत्तरी म्यानमारस्थित जेड खानीमा पहिरो जाँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । कचिन राज्यको हापाकान्त क्षेत्रमा बुधबार बिहान पहिरो गएको बीबीसीले जनाएको छ । खानीको बाहिरी भागमा अत्यधिक ढुङ्गा र माटो थुपार्दा पहिरो गएको हुन सक्ने बताइएको छ । पहिरोमा परी खानीको तलतिर रहेको तालमा रहेका […]

म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता

काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना […]

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

कैलाली, कात्तिक २ । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका […]

पर्वतमा पहिरो जाँदा ५ को मृत्यु, ३ बेपत्ता

दुर्गाप्रसाद शर्मा, पर्वत । अबिरल बर्षापछि पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । बिहीबार गएको पहिरोमा परि कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाएपालिका ५ आम्बोटमा एक जनाको मृत्यु भएको हो । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका […]

कालिम्पोङमा पहिरो जाँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

भारतको पश्चिम बंगालमा रहेको कालिम्पोङमा अविरल वर्षापछि पहिरो जाँदा एकजना आप्रवासी मजदूरको मृत्यु भएको छ भने दुई अन्य व्यक्ति हराइरहेका छन् ।  अधिकारीहरूका अनुसार, मृतक अधबैंसे मजदूरको रांग्पो नजिक सेवोके–रांग्पो रेलवे परियोजनामा रातिको ड्ुटी गरिरहेको बेलामा शिविरमा पहिरो र पत्थरहरू खसेर मृत्यु भएको थियो । उक्त शिविरमा रहेका अन्य दुई मजदूरहरू हराइरहेका छन् । उद्धारकार्यमा कठिनाइ आएको छ किनकि मुसलधारे पानी थामिएको छैन ।  पहिरो र पत्थरका कारण सिक्किम र दार्जीलिङका केही भागलाई जोड्ने नेसनल हाइव...

ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ। अविरल वर्षापछि ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको हो। शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कन, बन्दिपुर गाउँपालिका–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। बन्दिपुर–४ को पहिरोमा १ जना बेपत्ता भएका छन् भने ५ जनाकाे उद्दार गरिएको छ।