काठमाडौं : सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी नयाँ विधेयक आज संसद बैठकमा पेश हुँदैछ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने संभावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक सरकारले फिर्ता लिएर नयाँ विधेयक संसदमा दर्ता गरेको हो। यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधका सूचनाहरूलाई निर्णयार्