राष्ट्रिय प्रणालीमा आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप्दै विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत राष्ट्रिय प्रणालीमा विद्युत् क्षमता बढाउँदै प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० युनिट पुर्याइने बताएका हुन् ।