कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भएका ७५ वर्षीय यमप्रसाद पौडेललाई बुधवार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।२०५४ कार्तिकमा जिल्ला अदालत स्याङजाले यम प्रसाद पौडेललाई कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि २३ वर्षसम्म लुकिछिपी बसेका थिए । पक्राउ गरेर उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले यम प्रसादलाई कारा