काठमाण्डौ – सरकारले कोरोना लगायत विभिन्न कारणले यो विषम परिस्थितिमा अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै गएको वर्षजस्तै श्रमिकहरूको समस्या नदोहोरियोस् भन्नका लागि तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...