रुपन्देहीमा कांग्रेस क्षेत्रीय सभापति छान्न दुई समूह निर्वाचनमा

रुपन्देही । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापति र सहसचिव पदका लागि पार्टीका दुई समूहबीच शनिबार मतदान सुरु भएको छ । पार्टीभित्र रहेको संस्थापन समूह र शेखर समूहबीच सहमतिमा नेतृत्व टुंग्याउने प्रयास असफल भएपछि दुई समूहबाट चार जना चुनावी मैदानमा गएका हुन् । सभापति पदका संस्थापन समूहबाट प्रजापाल गिरी र शेखर समूहबाट परशुराम […]

सम्बन्धित सामग्री

मापसे गरेर प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति पक्राउ

पोखरा । मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् । बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई […]

बारा–४ मा सत्ता गठबन्धनद्वारा चुनाव परिचालन समिति गठन

आसन्न निर्वाचनमा बारा क्षेत्र नं ४ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसका क्षेत्रीय सभापतिको नेतृत्वमा चुनाव परिचालन समिति गठन भएको छ ।सोमवार बसेको ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको बैठकले बारा–४ का कांग्रेस क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षतामा माओवादी केन्द्रका प्रेम बराल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सीताराम गुप्ता रहनेगरी समितिमा गठन गरिएको हो ।आसन्न निर्वाचनका लागि बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा सदस्य तर्फ ४ (क)

कांग्रेसका क्षेत्रीय सभापति राई पार्टीबाट निष्कासित

उदयपुर– उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् । कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच […]

काठमाडौं २ मा कांग्रेस क्षेत्रीय सभापति शर्मासहित चार जनाकाे नाम सिफारिस

कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापति कविर शर्मासहित चार जनाको नाम प्रतिनिधि सभाकाे

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रीय सभापति पक्राउ

भक्तपुर । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो । सभापति खडकाले पाण्डेलाई […]

चेक बाउन्स मुद्दामा कांग्रेस क्षेत्रीय सभापति खड्का पक्राउ

काठमाडाैँ- चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो। भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारबाट पक्राउ गरिएको हो। सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० […]

पैसाको बलमा टिकट बाँडिएको भन्दै कांग्रेस क्षेत्रीय सभापति राजीनामा दिने तयारीमा

रौतहट क्षेत्र नम्बर ४ को टिकट वितरणमा ब्यापक असन्तुष्टि चुलिएको छ । क्षेत्रीय सभापति राम स्नेही राय यादवले क्षेत्रको अधिकार मिचेर प्रदेश र जिल्लाले मनलाग्दी रूपमा टिकट वितरण गरेको भन्दै नेपाली कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् ।

कांग्रेस क्षेत्रीय सभापति लम्सालले दिए राजीनामा

९ वैशाख, बुटवल । मेयरको उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन् । लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति रहेका थिए । नेपाल पत्रकार […]