पैसाको बलमा टिकट बाँडिएको भन्दै कांग्रेस क्षेत्रीय सभापति राजीनामा दिने तयारीमा
रौतहट क्षेत्र नम्बर ४ को टिकट वितरणमा ब्यापक असन्तुष्टि चुलिएको छ । क्षेत्रीय सभापति राम स्नेही राय यादवले क्षेत्रको अधिकार मिचेर प्रदेश र जिल्लाले मनलाग्दी रूपमा टिकट वितरण गरेको भन्दै नेपाली कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् ।