यसपालिको चुनावमा त सरकारले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सकेन । यसअघिका चुनावमा मत दिन पाइएन भनेर के गुनासो गर्नु । लामो समय परदेश बसियो । वर्षौँपछि यसपालि आफ्नो देशको चुनाव हेर्न पनि पाइयो । मतदान पनि गरियो । अनुभव अद्भुत रह्यो । आफ्नो मताधिकारको प्रयोग गर्न पाउँदा पनि निकै खुसी लाग्दो रहेछ ।
खाडीबाट घर फर्कँदा पालिका चुनावको चहलपहल चलिसकेको थियो । वर्षौँपछि चुनावको चहलपहल र माहौल हेर्न पाउँदा मलाई निकै रमाइलो लाग्यो । चुनाव भनेको पार्टी भन्दा पनि कसले राम्रो गरेको छ र गर्छ भन्ने कुरामा...