दोधारा चाँदनी : कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुगे।अस्पतालमा बिमा कार्ड देखाउँदै जोशीले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। एक हजार ८०० रुपैयाँको औषधि खरिद गरेर फर्किए। ‘स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्’, उनले भने, ‘सहुलि