यूएसए टुडे । अस्ट्रेलियामा अनुसन्धानकर्ताहरूले करिब ९ करोड ५० लाख वर्ष अघिको नयाँ प्रजातिको गोही भेटाएका छन् । साथै अनुसन्धानकर्ताहरूले ती गोहीले आफ्नो अन्तिम भोजनको रूपमा डाइनोसर खाएको दाबी गरेका छन् ।
यस प्रकारको गोहीको जीवाशेष पहिलोपटक सन् २०१० मा फेला पारिएको थियो । पृथ्वीमा डाइनोसर मज्जाले डुल्दै हिँड्ने क्रेटासिअस अवधिको चट्टानले भरिएको...