चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुर घाटमा आज २० वटा गोही छाडिएको छ । १९ वटा पोथी र एउटा भाले गोही छाडिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही आज छाडिएको हो ।प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार संरक्षणमा लागेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरुको उपस्थितिमा घडियाल गोही छाडिएको हो । कसरामा नै हुर्काइएका २० वटा गोहीलाई यही माघ १९ गते कोसी नदीको पथरीमा लगेर छाडिएको थियो ।