काठमाडौं : प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।२ नम्बर प्रदेश प्रहरी कार्यालयले निलम्बित एसपी पाण्डेमाथि छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मसुआलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।सरुवाको विषयलाई लिएर पाण्डे नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने भन्दै आइतबार मध्यराति यादवको घर पुगेपछि उनलाई प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गरेको थियो।प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादु