काठमाण्डाै - प्रत्यक्षतर्फ १० वटा सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ ।
निर्वाचन आयोगले यो चुनावमा कुल ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । उदाहरणको लागि एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि एकीकृत समाजवादी पार्टीको ३ लाख मत आवश्यक पर्दछ । त...