नेकपा एकीकृत समाजवादी पार्टी नेता एवम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेले जनताको बलिदान र जनक्रान्तिबाट प्राप्त उपलब्धीहरु संकटमा पर्ने देखिएकाले त्यसको रक्षाका लागि आफूहरु लागेको बताएका छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका न्यौपानेले हेटौंडामा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको बध गर्ने प्रयत्न गरेकाले कम्युनिष्ट नेताहरुको योगदानलाई बचाउन आफूहरु लागेको बताए । त्यसैको प्रतिफल एकीकृ