पछिल्ला ९ महिनामा नेपालले जे जस्तो सफलता पायो, त्यो सबै प्रमुख रूपमा ब्याटिङकै कारण थियो । विश्वकप लिग २ का पछिल्ला १२ खेलमा ११ खेल जितेर विश्वकप छनोटमा सिधै प्रवेश गर्दा होस् या एसीसी प्रिमियर कप जितेर एसिया कपमा पुग्दा होस् ब्याटिङ नै नेपालको शक्ति बनेको थियो ।