बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।  अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ ।  अम...

सम्बन्धित सामग्री

दक्षिण एसिया र अफ्रिकाका किसानलाई १ दशमलव ४ अर्ब डलर सहयोगको घोषणा

विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानले १ दशमलव ४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाउने भएका छन् । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको सामना गर्न सहयोग गर्नेछ । इजिप्टको शर्म अल–शेखमा कोप–२७ जलवायु शिखर सम्मेलनमा जलवायु परिवर्तनबाट बढ्दो प्रभावलाई अनुकूलन गर्न यो घोषणा सार्वजनिक गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अफ्रिकामा ठूलो ख...