बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् । रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । यूक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै यूक्रेनको पक्ष लिएको थियो । बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ । यो सहयोगले रुससँग यूक्रेनलाई