काठमाडौं : इराकको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । दक्षिणी इरानको नासिरियास्थित अल हुसेन अस्पतालमा गएराति भएको आगलागीमा परी ठूलो संख्यामा मानवीय क्षति भएको हो। अधिकारीहरुका अनुसार अस्पतालको अक्सिजन प्लान्ट विस्फोट हुँदा आगलागी भएको अनुमान गरिएको छ।आगलागीमा अस्पतालको कोभिड वार्डका बिरामीहरुको मृत्यु भएको हो। त्यहाँका एक स्वास्थ्य अधिकारीका अनुसार आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। आगलागीमा परी घाइते भएकाहरुको उपचारका लागि अन्य वार्डमा सारिएको छ भने