काठमाण्डाै – काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा १० दिन थप गरिएकाे छ । काठमाण्डाै उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेध आदेशअनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी गर्न पाइने छैन । यस्तै चलचित्र हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, सङ्ग्रहालय र दर्शकसहितका खेलकुदका गतिविधि गर्न पाइने छैन ।यस्तै पुजारीबाट हुने नित्य पूजाबाहेक मन्दिरहरू बन्द रहने छन् । ब...