गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताउनुुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प आवश्यक भएको बताउनुुभयो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले …
‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौडीको पहिचान’ भन्ने नारासहित देउडा प्रतियोगिता सञ्चालन हुने वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाले जानकारी दिए।...
काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कला संस्कृति पर्यटनको आधारको रूपमा रहेको बताएका छन्। सोमबार नेपाल व्यावसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन्। कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा […]
काठमाडाैँ- मूर्तिकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ। प्रत्येक वर्ष वैशाख २ गते सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि […]
पछिल्लो समय भने यो समुदायका युवाहरू आफ्नो कला संस्कृति संरक्षण गर्न लागि परेका छन् । यसमा स्थानीय सरकारले पनि साथ दिँदै आएको शान्तिनगर–५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताउनु भयो ।
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशका मौलिक कला संस्कृति जगेर्ना गर्न प्रतिष्ठान स्थापना गर्न लागेको बताएका छन्।शुक्लाफाँटा नगरपालिका–४ असैनामा मह फिल्म सिटीले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले प्रतिष्ठान गठनका लागि खाका तयार गर्न विज्ञहरूको टोली गठन गरिएको जानकारी दिए।प्रतिष्ठान गठन भएसँगै यो क्षेत्रका लोपोन्मुख अवस्थामा पुगेका कला संस्कृति जगेर्नामा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। सुदूरपश्
झापामा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको छ । साहित्यकार तथा गीतकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरूमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य कला संस्कृतिमा रुचि राख्ने व्यक्तिहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरि
काठमाडौं। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष प्रदेशको भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट विनियोजन गरेको छ। यो बजेटबाट मौलिक भाषा, कला,संस्कृति संग्राहलय निर्माण, प्रवर्द्धन र वाद्यवादन खरिद गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए।
नेपाली कला र संस्कृति तथा साहित्यको प्रवर्द्धन गर्ने उद्धेश्यले अस्ट्रेलियामा स्थापना भएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा सुजाता बस्नेत केसी पुनः चयन भएकी छन्।