काठमाडौँ – सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले सोमबार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सोमबार सार्वजनिक गरिएको बोलपत्रको अन्तिम मिति २०८० को भदौ […]
काठमाडौं–निजगढ द्रुतमार्ग लगायतका पूर्वाधार समयमै नबन्दा चोभार सुख्खा बन्दरगाह सुनसान देखिएको छ । गत वर्षको चैत २२ गते उद्घाटन भएको यो बन्दरगाहमा हालसम्म १ सय ९ वटा मात्रै कन्टेनर भन्सार क्लियरेन्सका लागि पुगेका छन् । सो सुख्खा बन्दरगाहको व्यवस्थापन गर्दै आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अपरेटर अधिकृत शान्तिला कार्कीका अनुसार चार वटा कन्टेनर निर्यातका […]
काठमाडौं, मंसिर १४ । काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाहलाई ‘लजिस्टिक हब’का रूपमा विकास गरिने भएको छ । लामो समय प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन ‘लजिस्टिक हब’ बनाउन लागिएको हो । गत चैत २२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपाल इन्टरमोडल यातायात विकास […]
काठमाडौँको चोभारमा सञ्चालनमा ल्याइएको चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट) प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन ।सञ्चालनमा आएको चार महिना हुँदा पनि न्यून सङ्ख्यामा मात्र सामान बोकेका कन्टेनर भित्रिएका छन् । इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुक्खा बन्दरगाहमा चार महिनाको अवधिमा आयातित सामान लिएर १८ वटा कन्टेनर भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएको छ । गत असार २८ गते दुई कन्टेनर सामान यो बन्दरगाहबाट निर्यात भए पनि त्यसपछि निर्यात हुन सकेको छैन ।
२८ असार, काठमाडौं । गत २२ चैतमा चोभारस्थित सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए, ‘यो बन्दरगाहले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउँछ ।’ काठमाडौं उपत्यकाबाट हुने व्यापारमा सहजीकरण हुने, व्यापारको लागत घट्ने र वस्तु तथा सेवाको आयात-निर्यात थप व्यवस्थित भई प्रतिस्पर्धी पनि हुने प्रधानमन्त्री देउवाको दावी थियो । तर विश्व बैंकको एक अर्ब […]
२२ चैत, काठमाडौं । निर्माण सम्पन्न भएको ९ महिनापछि काठमाडौं चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्ज नाकाबाट स्थलमार्ग हुँदै राजधानी काठमाडौं आएका चार वटा कन्टेनरलाई भित्र्याएर प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाह सञ्चालनको औपचारिक सुरुवात गरे । बन्दरगाह सञ्चालनको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिकाअनुसार बुधबारदेखि बन्दरगाह नियमित रुपमा सञ्चालनमा आउनेछ । २०७५ […]
भन्सार कार्यालय नगएपछि आठ महिनाअघि निर्माण सकिएको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा अन्योल देखिएको छ । २०७५ असारमा शिलान्यास भएको बन्दरगाह २०७८ असारमा निर्माण भइसकेको छ । भन्सार, क्वारेन्टिन र सुरक्षा निकायको कार्यालय तयार भइसकेको छ । तर भन्सार कार्यालय नगएपछि बन्दरगाह सञ्चालनमा ढिलाइ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
काठमाडौँको चोभारमा स्थापना भएको चोभार सुक्खा बन्दरगाह सञ्चालन भएको एक वर्षमा १३२ कन्टेनर सामान आयात र पाँच कन्टेनर सामान निर्यात भएका छन् । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा स्थापित बन्दरगाह सञ्चालन भएको एक वर्षको अवधिमा न्यून परिमाणमा मात्र आयात निर्यात भएको हो । आयात निर्यात सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह स्थापना गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुुन नसकेको हो । गत वर्ष चैत २२ गते बन्दरगाहको औपचारिक रूपमा उद्घाटन भएको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालन र व्यवस्थापनको काम गर्दै आएको छ ।