काठमाडौँ – सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले सोमबार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सोमबार सार्वजनिक गरिएको बोलपत्रको अन्तिम मिति २०८० को भदौ […]
चैत २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाह दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि प्रयोग हुन नहुने बताएका छन् ।
मंगलवार चोभार सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा बोल्दैमन्त्री शर्माले तरकारी, फलफूल,खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु आयातका लागि यो बन्दरगाहको उपयोग गर्न नहुने बताए । उनले यो बन्दरगाह निर्यातको केन्द्र बन्नु पर्ने पनि बताए ।
यो बन्दरगाह सञ्चालनमा आएपछि नेपाल स्थलमार्ग भएर समुन्द्री पहुँचमा जोडिएको बताउँदै उनले अब नेपालमा उत्पादित वस्तु समुन्द्री तटसम्म सिधै पुग्ने र त्यहाँबाट लोड भएका माल वस्तु सहजै काठमाडौं आइपुग्ने बताए ।
बन्दरगाह सञ्चालन पछि सडकमार्फत समुन्द्री तटसँग जोडियौं भन्दै उनले आयातको लागत घटाउन यसले ठूलो मद्दत गर्ने पनि बताए ।
आयातको तुलनामा वस्तु निर्यात निकै कमजोर रहेको भन्दै अर्थमन्त्री शर्माले नेपाली वस्तुहरु चोभार बन्दरगाह भएर निर्यात हुने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
आयात घटाउन र निर्यात बढाउन सबै मिलेर काम गर्नु पर्ने भन्दै उनले सरकारले पनि आयात प्रतिस्थापनका लागि काम गरिरहेको बताए ।
काठमाडौँका चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रसँग छलफल भएको छ । इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसनलगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो । आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ चोभारमा सुक्खा बन्दरगाह निर्माण भई २०७८ चैत २२ देखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिले निजी क्षेत्रलाई चोभार सञ्चालनको जिम्मा दिने तयारी गरेको जनाएको छ ।