सुन लुट्ने कार्यमा संलग्न २ जनालाई प्रहरी तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको प्रहरीले जनाएको छ ।
रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख अन्ठाउन्न हजार एक सय पचास रुपैयाँ बरावरको लुटपाट गर्ने कार्यमा संलग्न धादिङका शम्शेर सुनार र प्रेम तामाङलाई...