आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् ।लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ ।सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ज