अन्तर्राष्ट्रिय प्रविधि समूह, एन्ड्रिजले शनिबार काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संयुक्त रूपमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङ, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एन्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्वएसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोसेफ उल्मरले गरेका थिए ।