झलनाथ खनालले एमाले निर्माणमा गरेको संघर्ष सम्झिदै सुनाए कविता

सुर्खेतमा नेकपा एकीकृत समाजवादीको चुनावी अभियानलाई तीव्रता दिन बुधबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यकर्ता भेलामा सो पार्टीका सम्मानित नेता झलनाथ खनालले झण्डै एक घण्टा नेता, कार्यकर्तालाई प्रशिक्षण दिए ।सो क्रममा उनले एमाले विभाजनको अन्तर्य र आफूसहितका समकालीन नेताहरुले एमाले निर्माणमा गरेको योगदानको चर्चा गरे । खनालले आफू पार्टीको नेतृत्वमा रहँदा गरेका कार्य र संघर्षबारे पनि बताए । उनले भने, ‘जीवनभर एमाले निर्माणमा संघर्ष गरे पनि केपी ओलीका कारण पार्टी विभाजन हुन पुग्यो ।’उनले

सम्बन्धित सामग्री

सडक निर्माणमा दबाब दिन स्थानीयवासी आन्दोलित

विराटनगर । काम नसकी बीचमै अलपत्र छाडिएको हुलाकी सडक निर्माण तत्काल शुरू गर्न माग गर्दै मोरङ कटहरीका स्थानीयवासी आन्दोलित भएका छन् । काम थालेको वर्षौं बित्दासमेत हुलाकी सडक निर्माण पूरा नभएपछि स्थानीयवासीले आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन थालेका छन् । शुक्रवार स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र दिँदै आन्दोलनबारे जानकारी दिएका थिए । हुलाकी सडक अन्तर्गत मोरङमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । नागरिक संघर्ष समितिको अगुवाइमा स्थानीय राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि र स्थानीयवासी धर्नामा बसेका हुन् । आफ्ना माग पूरा नभएसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म धर्नामा बस्ने उनीहरूले बताएका छन् । धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र कटहरी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् । हुलाकी सडक समयमै निर्माण नहुँदा मोरङका रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिकाका साथै धनपालथान र कटहरी गाउँपालिकाका सर्वसाधारणले सास्ती खेप्दै आएको आन्दोलनका अगुवा मृत्युञ्जयकुमार झाले बताए । उनले भने, ‘हिउँदमा सडकको धूलो र बर्खामा हिलोका कारण यस क्षेत्रका बासिन्दा निकै पीडित छन् ।’ राष्ट्रिय गौरवको आयोजनामा पर्ने हुलाकी राजमार्गको काम शुरू भएको ४ वर्ष भइसक्दा पनि पूरा हुने संकेत छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति करीब आधा मात्र भएको बताइएको छ । रू. ३ अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र भएको बताइएको छ । २०७६ सालमा ३ वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म १६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

मोरङका सांसद र स्थानीय तहका प्रमुखहरूले गरे सडक संघर्षको घोषणा हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा...

योजना छनोट र बजेट निर्माणमा भुल्न नहुने कुरा

हाम्रा नीति, कार्यक्रम र बजेट निर्माण विशेषगरी हाम्रो आफ्नो क्षमता र आवश्यकता भन्दा पनि कार्यकर्ता लक्षित वितरणमुखी र स्वार्थ समूहको हित रक्षा हुने गरी छनोट तथा सञ्चालन गर्दै आइरहेका छौं । जबसम्म हामीले यो परम्पराको अन्त्य गर्दैनौं तबसम्म अपेक्षित प्रतिफल प्राप्त गर्न सक्दैनौं ।

पुल निर्माणमा ढिलाइ

रौतहट । चाँदी नदीमा पुल निर्माणमा ढिलाइ हुँदा चन्द्रपुर नगरपालिका–३ गैंडाटारका बासिन्दा निराश भएका छन् । दुई वर्षअघि नै निर्माण गरिसक्नुपर्ने भए पनि अझै अधुरै रहेको र निर्माण कम्पनीले पटक पटक म्याद थप मात्र गरिरहेको स्थानीयको आरोप छ । चन्द्रनिगाहपुर–गैंडाटार जोड्ने पुल निर्माणको जिम्मा पप्पु शिवशंकर जेभीले पाएको छ । साढे ७ मिटर चौडाइ रहेको उक्त पुलको लम्बाइ ४६९ मिटर छ । ११ ओटा स्पाम रहेको पुल २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो । तर पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण समयमै पुल निर्माण सम्पन्न हुन नसकेको र यस विषयमा जनप्रतिनिधि तथा सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराइएको पुल निर्माण संघर्ष समितिका संयोजक लालबहादुर दोङले बताए । तर निर्माण कम्पनीले प्रतिबद्घता अनुसार काम नगरेको र अझै चारओटा स्पाम ढलान नभएको उनले बताए । निर्माण कम्पनी तथा सडक कार्यालयलाई पटक पटक ताकेता गरेपछि काम शुरू गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम थालनी गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए । उनका अनुसार कोभिड, निर्माण सामग्रीको अभाव, बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो । पुलको काम हालसम्म करीब ६० प्रतिशत मात्र सम्पन्न भएको छ । थपिएको समयमा काम नसके निर्माण कम्पनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाउने डिभिजन सडक कार्यालय चन्द्रपुरले बताएको छ ।

तिनाउ-दानव कोरिडोर सडक निर्माणमा स्थानीयको विरोध

४ पुस, बुटवल। रुपन्देहीको तिनाउ र दानव नदी किनारमा बनाउन थालिएको सडकमा स्थानीयले विरोध गरेका छन्। कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका झण्डै एक हजार परिवारले आफूहरुको व्यवस्थापन नगरी सडक निर्माणको काम थालेको भन्दै व्यवस्थापन नगरेसम्म काम अघि बढ्न नदिने बताएका हुन् । तिनाउ दानव करिडोर पीडित संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी करिडोरबाट क्षति हुने […]

सडक निर्माणमा ढिलासुस्तीको विरोधमा स्थानीयवासी आन्दोलित

दोलखा । लामोसाँघु–जिरी सडकअन्तर्गत मुडे–चरीकोट सडक निर्माण शुरू भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको विरोधमा दोलखाका नागरिक आन्दोलित भएका छन् । कात्तिक २७ गतेदेखि स्थानीयवासी नागरिक अगुवाहरूसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले कात्तिक २७ गते सवारीसाधनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर टाँसेर सडक निर्माणमा भएको ढिलाइको विरोधमा आन्दोलन थालेका थिए । आन्दोलनकै क्रममा नागरिक अगुवाहरूले सडक निर्माण आयोजनाको कार्यालयमा तालबन्दी गर्ने तथा जिल्लामा रहेका राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया समेत गरिसकेको मुडे–चरीकोट सडक नागरिक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए । आन्दोलनकै क्रममा शनिवार जिल्ला सदरमुकाम चरीकोटमा संघर्ष समितिको आयोजनामा जिल्लाका सांसद तथा नागरिकहरूबीच सडक निर्माणमा भइरहेको ढिलाइबारे छलफल भएको छ । सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै दोलखाका संघीय सांसद तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले आफू सडक निर्माण सम्पन्न गराउन लागिपरेको दाबी गरे । अब ठेक्का तोड्न वा तत्काल निर्माण शुरू गराउन आफूले थप पहल लिने प्रतिबद्धता उनले व्यक्त गरे । छलफलमा अर्का संघीय सांसद शान्तिमाया पाख्रिनले आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताइन् । यस्तै बागमती प्रदेशसभाकी सांसद रचना खड्का, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, शैलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले पनि ठेकेदारको लापरबाहीका कारण दोलखालीले दुःख पाएकोमा आक्रोश व्यक्त गर्दै तत्काल सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । ५०१ सदस्यीय नागरिक संघर्ष समितिले आगामी दिनमा सडक आसपासका प्रत्येक टोल टोलमा संघर्ष समिति गठन गर्ने, सांसदहरूका गाडी जिल्ला छिर्न नदिने, मन्त्रालय तथा सडक विभाग घेराउ गर्ने लगायत आन्दोलनका कार्यक्रम बनाएको नागरिक अभियन्ता रमेश खतिवडाले जानकारी दिए । भारतीय एक्जिम बैंकको लगानीमा स्तरोन्नतिको काम भइरहेको लामोसाँघु–जिरी सडक अन्तर्गत मुडे–चरीकोट खण्ड ठेकेदारको ढिलासुस्तीले ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । यो सडक खण्डको निर्माणको जिम्मा भारतीय  कम्पनी सकिल हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरी लिएको थियो । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे भएकाले सडक नजिकका बासिन्दा सबैभन्दा बढी पीडित छन् । नागरिक आन्दोलनमा आफूहरूको पूर्ण सहयोग र समर्थन रहने भीमेश्वर नगरपालिका वडा नं ९ का वडाध्यक्ष चित्रबहादुर भुजेल, वडा नं ८ का नहकुल केसी, वडा नं ७ का कैलाशकुमार तामाङ, वडा नं ६ का नवीन लामा र वडा नं ३ का अध्यक्ष हरिशरण शिवाकोटीले बताए । अघिल्लो वर्ष पनि दोलखाका स्थानीयले नागरिक अगुवाहरूको नेतृत्वमा ठेकेदारको फोटो सार्वजनिक सवारीसाधनहरूमा टाँस्ने लगायत विरोधका कार्यक्रम गरेका थिए ।

चीन स्वतन्त्र प्यालेस्टाइनको पक्षमा

बीबीसी। इजरायल–प्यालेस्टाइनबीच संघर्ष चर्किरहेका बेला चीनले आफ्ना धारणा सार्वजनिक गरेको छ। चीनले आपूm स्वतन्त्र प्यालेस्टाइनको पक्षमा रहेको जनाएको हो। चीनका विदेशमन्त्री वाङ यीले पाकिस्तानका समकक्षी शाह महमूदसँगको टेलिफोन कुराकानीमा उक्त धारणा राखेका हुन्। पाकिस्तानलगायत ५७ मुस्लीम देशहरु अहिले प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउँदै छन्। “मुख्य कुरा स्वतन्त्र देशको निर्माणमा प्यालेस्टाइनको अधिकारको सधैं अवहेलना गरिएको छ,” वाङले भनेका छन्।

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्...

बैतडीमा विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्...