एभिसि सेन्ट्रल जोन महिला भलिबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि जित्ने अभियानमा रहेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले हिजो किर्गीस्तानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–८ ले जितेको नेपालले त्यसपछिका […]

सम्बन्धित सामग्री

नेपाललाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ । ढाका उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक  च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५-१५ […]

उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो सेन्ट्रल जोनको च्याम्पियन

नेपाली महिला भलिबल टोली एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन बनेको छ । साविक विजेता नेपालले आज उज्वेकिस्तानलाई हराउँदै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकालेको हो । नेपालले सन् २०१९ मा भएको एभिसी एसियन सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।पहिलो सेटमा १२–१७ ले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुग्यो । नेपालले ३ पटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्यो । दोस्रो सेटमा भने कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ को नतिजामा चित्त बुझाउँदै सेट उज्वेकिस्तानलाई सुम्पियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किने संकेत गरेको थियो । त्यसपछि लगातार ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको भएपनि नेपालले १ अंक जोड्दा उज्वेकिस्तानले २ पटक सेट प्वाइन्ट लिँदै २६–२४ ले सेट जितेको थियो । तेस्रो सेटमा ११–११ को अवस्थाबाट भने नेपालले लगातार अग्रता बनायो । लगातार ७ अंक जोड्दै नेपालले १८–११ को अवस्था सिर्जना गर्यो । र, थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमायो । जसका कारण खेल पाँचौ सेटसम्म लम्वियो । निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपाल १३–९ को अग्रता लिँदै जितको निकट पुग्यो । त्यसपछि २ अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्यो ।च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेलेको नेपालले १८ सेटमा जित र ३ सेटमा हार ब्यहोर्यो । यस्तै श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता थियो ।

सिनियर सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं, १३ पुस । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधिका लागि नेपाल आज (मंगलबार) उज्वेकिस्तानसँग भिड्दै छ । बंगलादेशको ढाकामा हुने फाइनल खेल अहिले ११ः१५ बजे सुरु हुनेछ । नेपालले आज उज्वेकिस्तानलाई हराउदै आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि जित्ने योजनामा रहेको छ । तर, […]

महिला भलिबलको फाइनलमा नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं :  बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्यालेन्ज अन्तर्गत उपाधिका लागि नेपाली महिला टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साविक विजेता नेपाल जारी प्रतियोगितामा अपराजित छ। यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाली महिला टोली आज पनि प्रभावशाली जितको तयारीमा छ। राउण्ड रोबिन लिगका आधारमा

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला च्यालेन्ज कप भलिबलमा महिलातर्फको उपाधि तथा पुरुषतर्फ तेस्रो स्थानका लागि नेपालले आज उज्वेकिस्तनसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३-२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच […]

नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै

काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो […]

सेन्ट्रल जोन पुरुष भलिबल : माल्दिभ्स नआउने, नेपालको पहिलो खेल बंगलादेशसँग

७ पुस, काठमाडौं । बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ । यसअघि पाँच टिमले प्रतिस्पर्धा गर्ने तय भए पनि माल्दिभ्स नआउने भएपछि अब चार टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । जसमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र उज्वेकिस्तान छन् । नेपाली टिमका व्यवस्थापक मंगल श्रेष्ठले माल्दिभ्स नआउने […]

एभीसी सेन्ट्रल जोन भलिबल, नेपाल कीर्गिस्तानसँग भिड्ने :: Pahilopost.com

काठमाडौँः एभीसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। लगनखेलस्थित नेपाल आर्मीको कोर्टमा आज ३ वटा खेल हुनेछन्। पहिलो खेलमा तुर्किमेनिस्तान र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। त्यस्तै, आजै हुने तेस्रो खेलमा बंगलादेश र उज्वेकिस्तान प्रतिस्पर्धा गर्नेछन्। नेपाल र कीर्गिस्तानबीचको खेल दिउँसो ४ बजे