लकडाउनमा जस्तो थुप्रिएन बैंकहरुमा पैसा

पहिलो लहरको कोरोना संक्रमणको बेला भएको लकडाउनमा आर्थिक गतिविधि ठप्प हुँदा बैकिङ सिस्टममा पैसा थुप्रिएर झण्डै २ खर्ब पुगेको थियो । तर दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जादा भएको निषेधाज्ञामा भने बैकिङ सिस्टममा पैसा थुप्रिन पाएको छैन । यद्यपि, विस्तारै तरलता भने बढ्दै गएको देखिन्छ । केही समय अघि १४ अर्ब तरलता रहेकोमा अहिले ३९ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जनाएका छन् । आज उपत्यकामा निषेधाज्ञाको आठौं दिन हो । आंशिक व्यापारिक गतिविधि खुलेकै कारण लगानी प्

सम्बन्धित सामग्री

फेवाताल छेउका ‘गोल्ड म्यान’, जो सुनको काम गरेर होइन ठिंग उभिएरै पैसा कमाउँछन्

काठमाडौं । गोल्डेन रंग पोतिएको मान्छेको ‘मूर्ति’जस्तो देखिने वस्तु छ । छेउमा बसेर कोही फोटो खिचिरहेका छन् । कोही टिकटक बनाउँदै छन् । पोखराको फेवाताल किनारको फुट ट्रयाकमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पुग्यो भने त्यहाँ यस्तै दृष्य देखिन्छ ।  झट्ट हेर्दा ‘मूर्ति’जस्तो देखिए पनि त्यो ‘मूर्ति’ नभई जिउँदो मान्छे भन्दा कतिलाई विश्वास नलाग्न सक्छ ! ‘मूर्ति’जस्तै घन्टौं ठिंग उभिनेलाई मान्छे भन्दा पत्याउनु पनि कसरी !  यसरी ‘मूर्ति’ बनेका व्यक्ति हुन् ओखलढुंगाका अंकित शाही । उनले ‘गोल्ड म्यान’को उपमासमेत पाएका छन् । सुनको कारोबार गर्ने वा गरगहना बनाउने भएर उनले यो उपमा पाएका भने होइनन् । शरीरभरि गोल्डेन रङ पोतेकाले उनले ‘गोल्ड म्यान’ उपमा पाएका हुन् ।   उनी रहरले होइन, बाध्यताले यो काम गरिरहेका छन् । यसको कारण हो– परिवारको खर्च धान्नु ।  लकडाउनमा व्यवसाय बन्द भएपछि परिवारको खर्च चलाउन पुरानै काममा फर्किएको उनी बताउँछन् । व्यवसाय शुरु गर्नुअघि उनले भारतमा १०–१२ यही काम गरेका थिए । ‘लकडाउनका कारण व्यवसाय बन्द भएपछि आफ्नो पुरानो पेशालाई नै निरन्तरता दिएको हुँ,’ उनले भने ।  फेवाताल घुम्न आएका पर्यटकहरूले दिएको पैसा नै उनको आम्दानीको स्रोत हो । उनको अगाडि गोल्डेन रङको बट्टा छ । यसैमा फेवाताल घुम्न आाएकाले पैसा राख्छन् । यसैबाट उनको परिवारको गुजारा चलेको छ । उनको परिवारमा आमा र बहिनी छन् ।  उनी घन्टौंसम्म हलचल नगरी ‘मूर्ति’जस्तै ठिंग उभिने गरेका छन् । यसरी घन्टौंसम्म एकै पोजिसनमा बस्न गाह्रो हुँदैन ? उनी भन्छन्, ‘शुरुमा गाह्रो भएको थियो । अहिले निरन्तर प्रयासले बानी नै भइसकेको छ ।’ उनले यसअघि भारतमा १० वर्ष यही काम गरेका थिए ।  उनी अहिले टिकटकमा पनि भाइरल छन् । उनी टिकटकमा लाइभ पनि बस्छन् । फेवाताल पुगेका पर्यटकहरूले ‘मूर्ति’ ठानेर उनीसँग टिकटक बनाउँछन्, कतिले फोटो खिच्छन् ।  विदेशका पर्यटकीय स्थलहरूमा ‘मूर्ति’ बनेर आयआर्जन गर्ने मान्छेहरू देखिए पनि नेपालमा भने यस्तो काम गर्ने उनी पहिलो भएको स्थानीयको दाबी छ ।  जीविकोपार्जनका लागि पुरानै पेशामा फर्किनुपर्दा उनी खिन्न छन् । तर, उनले खिन्न हुनुको कारण भने खुलाएनन् । ‘जुन पेशा छाडेर नेपाल आएको थिएँ । अहिले फेरि नेपालमा त्यही पेशा गर्नुपर्याे,’ उनले भने ।

लकडाउनमा मजदुरले भोगेको पीडाको कथा 'सानो पाइला'

काठमाडौं : शिशिर (भुवन सिंह राई) को जिजीविषा  दैनिक ज्याला मजदुरीबाट आउने रकममा निर्भर छ। आफ्नो घरभन्दा निकै टाढाको ठाउँलाई कर्मथलो बनाएका छन् उनले। तर, ज्याला समयमा नपाउन घरमा पैसा पठाउन सकेका छैनन्। गर्भवती श्रीमती उनको बाटो कुरेर बसिरहेका छन्। तर उनी जान पाएका छैनन्। त्यसमाथि लकडाउन हुने चिन्ता। लकडाउनको…

कोरोना महामारीका कारण भक्तपुरमा लाखौँको तरकारी नष्ट

असार ७, भक्तपुर । कोरोना महामारीका जारी गरिएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी विक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।  किसानले तरकारी विक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनु परेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले जोतेर धान रोपाइँ गर्नुपरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनु परेको बताए । गत वर्ष पनि यही पीडा भोगेको उनले यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनु परेको बताए । गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन सकेनन् भने पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी विक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनु परेको हो । ‘पाँच रोपनी जग्गामा काउली र बन्दा लगाएका थियौँ, बजार बन्द भएकाले हामीले गाउँबाट तरकारी बजार लान सकेनौँ, पहिला तरकारी दिँदै आएको व्यापारीले पनि नल्याउनु भन्यो’, गिरीले भने, ‘कतिपय काउली, बन्दा र फर्सी गाईलाई खुवायौँ, बाँकी भएको खेतमै कुहाएर धान रौप्यौँ तरकारी विक्री नहुँदा यस वर्ष रू. तीन लाख नोक्सान भयो ।’ तरकारीबाट गत वर्षको लकडाउनले रू. दुई लाख नोक्सान भएको र यस वर्ष मल र ज्यालाको पैसा पनि उठाउन नसकेको उनको गुनासो छ ।  स्थानीयवासी समिता गिरीको गुनासो पनि उस्तै छ । जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि विक्री गर्न नपाएको उनी बताउँछिन् । उनी केही तरकारी विक्री गर्न थालेको बेलामा निषेधाज्ञा हुँदा तरकारी विक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको बताउँछिन् । स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि विक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनको गुनासो छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीको गुनासो पनि उस्तै छ । उनको गत वर्षको लकडाउनमा रू. तीन लाख नोक्सान भएको थियो । यो वर्ष रू. चार लाख नोक्सान भएको छ । तरकारी विक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा किसान मारमा परेको बताए । भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायतका क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् । नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरुको भनाइ छ । रासस

'लकडाउनमा दुइटा पसल बन्द भए, कुखुरा बेचेर भाडा उठायौं'

एक्लै लगानी गर्न पैसा थिएन। आफ्ना काकाका छोरा सुमन पाण्डेसँग साझेदारीमा चाक्सेबारी मार्ग, ठमेलमा अरूको पसलअगाडि सानो भित्तामा उनले सानै गार्मेन्ट पसल थापे।

लकडाउनको कारण ईट्टा मजदुरलाई रासनको अभाव

हिँउद भरी काम गरेर बर्खामा घरमा बसेर खाने सपना बोकेर ईट्टा भट्टामा काम गर्न आएका श्रमजीवीहरु अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेकाछन् । कोभिड १९ को संक्रमण फैलिन नदिन गत चैत्र ११ गतेबाट नेपाल पनि लकडाउनमा बसेपछि काम अनुसारको दाम पाउँने ईट्ट भट्टाका मजदुरहरु यतिवेला सवै भन्दा बढी संकटमा परेका छन् । एका तिर आफुले काम गरेको पैसा नपाउने हो कि भन्ने अर्को तर्फ विहान वेलुका के खाने भन्ने चित्ता संगसंगै छ ।

लकडाउनमा नेपाली फिल्म : यूट्युबमा धेरै भ्युज, थोरै पैसा

हलमा रिलिज भएको २ महिना नबित्दै चलचित्र ‘लभ डायरिज’ युट्युबमा आयो । लकडाउनका कारण घरमा नै थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै चलचित्रलाई युट्युबमा रिलिज गरिएको थियो । कोरोनाको कारण विदेशमा हुने भनिएको सम्पूर्ण शो रद्द भए …

बैंक नखुल्दा सर्वसाधारण समस्यामा, भक्तपुरमा सहकारीले घर घरै नगद पुर्याउन थाल्यो

भक्तपुर। कोभिड–१९ को संक्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरुले घरघरमा पैसा पुर्‍याउन थालेका छन्