म काठमाडौंबाट चुनाव जितेर रेकर्ड राख्छु (भिडियोसहित)
लालबाबु पण्डीत, नेकपा एमालेका चर्चित नेता तथा पूर्वमन्त्री हुन् । सामान्य प्रशासन मन्त्रालय सम्हाल्दा पण्डीतले डिभी पिआर लिने सरकारी कर्मचारीलाई कारबाही गर्न सकिने कानुन...
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तरराष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तरराष्ट्रिय उडान (काठमाडौं–दुबई) भरेका हुन् । पाइलट भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले शनिवार काठमाडौं–दुबईको अन्तरराष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
‘पाइलटद्वय भावना पन्त र सिर्जना राउतले पहिलोपटक अन्तरराष्ट्रिय उडान गर्नुभएको हो । निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड हो । आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ । अन्तरराष्ट्रियमा यो पहिलो हो,’ उनले भनिन् । निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिवार राति ११ बजे काठमाडौंबाट दुबई लगेका हुन् ।
उनीहरू दुबईबाट यात्रु लिएर बुधवार बिहान काठमाडौं फर्कने उडान तालिका छ । बुधवार अन्तरराष्ट्रिय महिला दिवसका दिन हुने उक्त उडानमा सम्पूर्ण चालक दलका सदस्य महिला हुने बताइएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानमा चार जना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन् । रासस
काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटना यती समूहको २५ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्ष भएको छ। दुईवटा टुइनअटर विमानबाट ०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २५ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई […]
नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् -राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ । फुकुवाबाट मन