महायज्ञको रकमले एम्बुलेन्स

सर्लाही : सर्लाहीको उत्तरी भेगमा पर्ने ईश्वरपुर–१२, कालिन्जोरमा महायज्ञ लगाएर संकलन भएको रकमले एम्बुलेन्स खरिद गरिएको छ। कालिन्जोरस्थित भीमेश्वर युवा क्लबले गत वर्ष लगाएको महायज्ञबाट संकलित करिब १३ लाख रुपियाँ लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।यसअघि त्यस क्षेत्रका गर्भवती र अन्य विरामीलाई उपचारका लागि बाहिर लानुपर्दा बयलवास, रानीगन्ज, लालबन्दीलगायतका ठाउँबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता रहेको थियो। अब स्थानीय बासिन्दाले गाउँकै एम्बुलेन्सबाट सेवा पाउने क्लबका अध्यक्ष हर

सम्बन्धित सामग्री

श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय

१० भदौ, सिरहा । सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, ‘पछि […]

चन्दा संकलन गरेर एम्बुलेन्स सञ्चालन

बैतडी । बैतडीको मेलौली नगरपालिकामा चन्दा संकलन गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । ‘सपोर्ट सोसाइटी नेपाल’ नामक संस्थाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । संथाले स्वैच्छिक चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको संस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए । ‘अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम संकलन गर्न सफल भएका छौं,’ उनले भने, ‘देश तथा विदेशबाट चन्दा संकलन गरिएको रकमले र सरकारले दिएको भन्सार छूट सुविधाले अक्सिजन, एसीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याउन सम्भव भएको हो ।’ उनका अनुसार गत चैतदेखि चन्दा संकलन अभियान थालिएको थियो । सो अभियानमार्फत १३ लाख ८० हजार रुपैयाँ संकलन भएको र १३ लाख ३० हजार रुपैयाँमा एम्बुलेन्स खरीद गरिएको नायकले बताए । यसअघि मेलौलीमा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान कठिनाइ हुने गरेको थियो । ‘बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता अब हट्ने विश्वास छ,’ नायकले भने । नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि खुशी लागेको स्थानीय रुवी नायकले बताइन् । ‘आपतको घडीमा सवारी नपाउने अवस्था रहेको थियो,’ उनले भनिन्, ‘एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुने आशा छ ।’ एम्बुलेन्स सेवाको उद्घाटन गर्दै मेलौली नगर प्रमुख कृष्णसिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए । ‘सराहनीय कामले अरूलाई पनि समाज सेवा गर्न प्रेरित गर्छ,’ नगरप्रमुख नायकले भने । एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकलाई थोरै भए पनि सहज हुने विश्वास लिइएको छ । रासस

वैदेशिक राेजगारीमा गएका युवाको सहयोगमा एम्बुलेन्स

कैलाली – रोजगारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ मा रहेकाे धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस् भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गर...

मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का  वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गरेका हन् ।वि.सं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधा बापतको रकम जनतालाई नै फिर्ता गरेको बताए ।“मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका ल

वडाध्यक्षले किने चार वर्षसम्मको सेवा सुविधा जम्मा गरेर एम्बुलेन्स

जनप्रतिनिधिहरुको काम जनताको सेवा हो तर, जनताको सेवाका नाममा आफूले मात्रै मेवा खाने प्रवृत्ति बढिरहेका बेला एक वडाध्यक्षले भने विगत चार वर्षसम्म आफूले पाएको सुविधाको रकम जम्मा गरेर गाउँमा एम्बुलेन्स खरीद गरेका छन् । समाचार अनुसार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको …

वडाध्यक्षले पाएको सेवासुविधाबाट जनताका लागि एम्बुलेन्स खरिद

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले ४ वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गरेका हुन् । विक्रम संवत् २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो ५ वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधा बापतको रकम जनतालाई नै फिर्ता गरेको बताए । ‘मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका लागि प्रयोग गर्ने योज...

मनकारी वडाध्यक्षः आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स

मान्म, ६ माघ: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गरेका हुन् । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा […]

आफ्नो सेवा सुबिधाबाट वडा अध्यक्षले किने एम्बुलेन्स

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का  वडा अध्यक्ष नरेश बमले आफुले चार वर्षसम्म पाएको सरकारी सेवा सुबिधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । जिल्लाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुबिधाको रकमबाट...

मर्मत नहुँदा दुई वर्षदेखि अस्पतालमै थन्कियो एम्बुलेन्स

सल्यान : जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स मर्मत नहुँदा दुई वर्षदेखि अस्पताल परिसरमै थन्किएको छ। जसका कारण अस्पताल एम्बुलेन्सविहीन भएको छ।एम्बुलेन्स नहुँदा बिरामीहरुले सास्ती भोग्दै आइरहेका छन्। स्वास्थ्य कार्यालयका व्यवस्थापक दशरथ श्रेष्ठले भने पुरानो एम्बुलेन्स मर्मत गर्ने रकमले नयाँ एम्बुलेन्स आउने बताउँछन्। तर, आर्थिक अभावले एम्बुलेन्स खरिद गर्न नसकिएको उनको भनाइ छ।‘हामीसँग न पुरानो एम्बुलेन्स मर्मत गर्ने पैसा नै छ न नयाँ नै किन्ने,’ श्रेष्ठले भने, ‘प्रदेश सरकारलाई एम्बेन्