सातजना सफ्टवेयर इन्जिनियरको टिमले नेपालगन्जमा ८० लाखको लगानीमा डिजिटलाइज प्रविधिसहितको सेवा सञ्चालनमा ल्याएका छन ।
सेतु विक चोकस्थित डटवक्र्स टेक्नोलोजिजमार्फत डिजिटलाइजेसन सम्बन्धी विभिन्न सेवाको शनिबार एक समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शुभारम्भ गरे । डटवक्र्स टेक्नोलोजिजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजिटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रिन प्रिन्टिङ सेवा दिइने बताउँदै सञ्चालक मोविन सिद्धिकीले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको दाबी गरेका छन् ।